अपराध

अष्ट्रियनद्वारा बैतडीमा गैरकानुनी प्याराग्लाइडिङ

पर्यटक भीसामा आएका एक जना अष्ट्रियन नागरिक बैतडीमा गैरकानुनी प्याराग्लाइडिङ गरेको अभियोगमा पक्राउ परेका छन् । उनी ३२ वर्षीय फिलिप जेल्नर हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित फलफूल विकास केन्द्रको डाँडाबाट समातिएको हो । उनले पटक पटक प्याराग्लाइडिङ गर्दै आएको देखेपछि प्रहरीले समातेको हो । उनले अनुमति नलिई नेपालमा प्याराग्लाइडिङ गरेको पुष्टि भएको छ । जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहे पनि नेपालमा त्यस्तो उड…

Page 233 of 262