अपराध

नेपालगञ्जमा बन्दुक पड्काउदै हिँडेका तीन जना समातिए

प्रहरीले बाँकेमा विभिन्न हातहतियारसहित तीन जनालाई पक्रेको छ । हिजो बेलुका डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउण्ड गोली, एक थान खुँडा र दुई थान नोकसहित उनीहरुलाई समातिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका …

Page 235 of 262