गजेन्द्रनारायण अस्पतालको ढोकामा टोकन
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा टोकन प्रणाली शुरु भएको छ । अस्पतालमा उपचारार्थ आउने बिरामीलाई सहज वातावरणमा सेवा दिने उद्देश्यले टोकन प्रणाली थालिएको बताइएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आज अस्पताल परिसरमा टोकन प्रणालीको थालनी गरेका छन् । घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्त गराउन टोकन प्रणाली थालिएको अस्पतालका सुपरिटेन्डेण्ट डा. प्रकाश साहले बताए ।
‘ओपिडीसहित सबै ठाउँमा चिकित्सकलाई देखाउन पूर्जी काट्नेको भीड ह…