स्वास्थ्य

मातृ पोषण तथा शिशु स्याहार कार्यक्रम नयाँ स्वरुपमा

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य सुरक्षाको निम्ति गर्भवती नयाँ रुपमा पोषण तथा शिशु स्याहार कार्यक्रम थालेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यो वर्षदेखि नगद प्रदान गर्न लागिएको बताइएको छ । गर्भवती महिलाले स्वास्थ्य संस्थामा आठ पटक गर्भ जाँच गराएपछि पहिलो किस्ता वापत तीन हजार र दोस्रो किस्तामा छ हजार गरेर नौ हजार रुपैयाँ दिने कार्यक्रम छ । पालिकाका स्वास्थ्य शाखा प्रम…