भारतमा कोरोना देखिएपछि बैतडीमा चिन्ता
जिल्ला प्रशासन कार्यालय, बैतडीले कोरोनाको नयाँ भेरियन्ट र लहरबाट जोगिन विशेष आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
खुल्ला सिमाना भएको भारतलगायत केही मुलुकमा संक्रमण बढेको उल्लेख गर्दै प्रशासनले सजग रहन सूचित गराएको छ । कोरोनाको जोखिम र असर नेपालमा पनि पर्नसक्ने प्रशासनको ठहरपछि उक्त आग्रह गरिएको हो ।
प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक काम नपरी …