मिर्गौला फेल भएकी चित्रादेवीद्वारा सहयोगको याचना
दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी चित्रादेवी पाध्याले सहयोगको याचना गरेकी छन् । बागलुङको जैमिनी नगरपालिका १ कि ४६ वर्षीया चित्रादेवीले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको निम्ति अनुरोध गरेकी हुन् ।
सामान्य कृषि पेशाबाट जीविकोपार्जन गर्दै आएको उनको परिवारको आर्थिक अवस्था नाजुक भएकाले गत वैशाखदेखि थलिएको उनको उपचारमा लाखौं रुपैयाँ सकिएको पारिवारिक स्रोतले बताएको छ । सातामा दुई पटक डायलासिस गरा…