थुनुवा छुटाइदिने प्रलोभनमा ठग्दै हिँडेका व्यक्ति प्रहरी खोरमा
कारागारमा रहेका थुनुवा छुटाइदिने प्रलोभनमा रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ ।
सिन्धुपाल्चोकको चौतारा नगरपालिका १ घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्दै आएका ४२ वर्षीय सञ्च तामाङ पक्राउ परेका हुन् ।
वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेका थुनुवालाई छुटाइदिने प्रलोभनमा थुनुवाका परिवारसँग पटक पटक गरेर चार लाख रुपैयाँ उठाएको तथ्य खुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोली…