प्रयोगशाला हो, यहाँ अझै प्रयोग भइरहन्छ
एक्कासी छापामार शैलीमा कांग्रेस, एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनु कुनै अनौठो विषय होइन । किनभने नेपालमा नयाँ नयाँ राजनीतिक प्रयोग भइरहन्छन् र यो पनि अन्तिम प्रयोग होइन । राजनीतिमा एउटा भनाइ छ, सिद्धान्त बदलिन सक्छ, प्रवृति बदलिन्न । यो मान्यता अहिलेको सरकार फेर्ने प्रकरणमा सही सावित हुन पुगेको छ । किनभने सिद्धान्त बदलिए पनि पात्र त यिनै हुन् । यिनैका व्यवहारिक सोचमा सबै कुरा निर्भर हुन्छ, त्यसैले यिन…