नेपालमा कम्युनिष्टको भविष्य र युवापुस्ताको आकांक्षा
स्थापनादेखि नै समानता, न्याय, र समृद्धिको परिकल्पना प्रस्तुत गर्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन आज फेरि परिवर्तनको मोडमा उभिएको छ । यथास्थितिमा संकुचित हुँदै जाने कि जनचाहनाअनुसार भविष्यमा पनि जननेतृत्वका लागि योग्यता हासिल गर्ने ? रोजाइ हाम्रै हातमा छ ।
वर्तमान राजनीतिक वातावरणमा, नेपाली जनताले तीव्र आर्थिक विकास, भ्रष्टाचारमुक्त समाज, पारदर्शी सरकार र सबैका लागि शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचको ग्यारेन्टी खोजिरहेका छन् । नयाँ युगमा जनताले वैकल्पिक राजनीति खोजिरहेका छ…