मनोबल बढाउन माग गर्दै व्यवसायीहरु बालुवाटारमा
प्रधानममन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघको टोलीले निजी क्षेत्रको मनोबल बढाउन माग गरेका छन् । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले प्रधानमन्त्रीसमक्ष मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको उल्लेख गरेको छ ।
ढकालले निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्नुपर्ने, गैरमौद्रिक प्रोत्साहन सरकारले दिनुपर्नेलगायत मागलाई दोहोर्याएको छ । साथै निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवम् ट्रंक लाइनसम्बन्धी विवाद सुल्झाउ…