पदमा हुँदा यतिसम्म पेल्छन्
सरकार धर्मराएपछि थुप्रैका सपना र सम्भावना चौपट भएका छन् । त्यसमध्ये अख्तियार प्रमुख बनाउन खोजिएका लीलामणि पौडेलदेखि रवि लामिछानेको लहलहैमा लागेका एआइजी श्यामलाल ज्ञवालीसम्म चर्चित छन् ।
अख्तियार प्रमुख प्रेम राईलाई वाइडबडी जहाज खरिद र नक्कली भुटानी प्रकरणको भाउँतो लगाइदिने र उनको ठाउँमा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई ल्याउने खेल थियो । धन्न, सरकार ढल्ने र रवि शक्तिबाट बाहिरिने लाइन असार १७–१८ मै क्लियर भयो र मात्रै, नत्र श्यामलाल यतिबेला अख्तियारको आयुक्त बन्नलाई ठि…