लगातार तेस्रो जित निकाल्दै सुदूरपश्चिम शीर्ष स्थानमा
नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म लम्ब्याएको छ । सोमबार बेलुकी सम्पन्न खेलमा कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । कर्णालीको लागि पवन सर्राफले २७, मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ तथा गुलसन झा र अर्जुन घर्तीले समान १३/१३ रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्न सुदूर…