सन्दर्भ खेलकुद विकास, काम कागजात किर्तेमा छुट
खेलकुदलाई मानव विकासको एउटा प्रमुख आयामको रुपमा लिइन्छ । स्वस्थ, सक्षम, अनुशासित नागरिक तयार पार्न र अन्तर्राष्ट्रिय जगतमै मुलुकको प्रतिष्ठा बढाउन खेलकुदको ठूलो योगदान हुने गरेको छ ।
अन्य मुलुकले खेलकुदको विकासका लागि ठूलो धनराशी लगानी गरेको पाइन्छ । विडम्बना, यस्तो महत्वपूर्ण क्षेत्रलाई नेपाल सरकारले भने त्यति धेरै महत्व दिएको देखिँदैन ।
खेलकुद क्षेत्र विकासका लागि सरकारले खासै पहल गरेको पाईंदैन । विगतको तुलनामा यतिखेर खेलकुद क्षेत्रको विकासमा सरकारले केही हदसम्म ज…