प्रधानमन्त्री जाने भएपछि रङ्गशालामा कडाई
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा लैजान नपाउने सामानहरुको सूची सार्वजनिक गरेको छ ।
आज साँझ साढे ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुन लागेको खेललाई सुरक्षित र शान्तिपूर्ण बनाउन एन्फाले विभिन्न सामान निषेध गरेको हो । बन्दुक, छुरा तथा अन्य कुनै किसिमको हातहतियार लैजान नपाइने एन्फाले जनाएको छ ।
त्यसैगरी चुरोट, सलाई, लाइटर, मादक वा नशालु पदार्थ, ठूला झोला, हेल्मेट, ब्यानर, झण्डा र पोस्टर, पानी वा अन्य कुनै चि…