पाकिस्तानमा प्रतियोगिता, नेपालमा बिदा
नेपाल र पाकिस्तानबीच हुन लागेको क्रिकेट प्रतियोगिताको अवसरमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा आधा दिनको छुट्टी दिएको छ । आज दिउँसो ३ बजेदेखि हुन लागेको खेल टेलिभिजनमा हेर्न उपमहानगरपालिकाले आधा दिनको छुट्टी दिने निर्णय गरेको छ ।
सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई केही बेरअघि पत्राचार गर्दै उपमहानगरपालिकाले दिउँसो २ बजेपछि विद्यालय बन्द गर्न निर्देशन दिएको हो । ‘आज पाकिस्तानसँग एशिया कपको पहिलो खेल ३ बजेदेखि खेलिने भएकोले ह…