साप्ताहिक समाचार

तलैको चुनाव, ५ करोडको तनाव

जति सानो चुनाव, उति बढी खर्च ! यस्तो हुने भएपछि वडातिरको उपचुनाव कसले गर्छ ? झट्ट सुन्दा पत्याउन मुस्किल हुन्छ, तर सत्य के हो भने, वडाध्यक्ष पद रिक्त भयो भनेर उपचुनाव गर्न थालियो भने एउटैमा पाँच करोड रुपैयाँ सकिने रहेछ । त्यति नै रकम त्यही वडामा खर्च गर्ने हो भने एउटा गाउँको कायापलट हुनसक्छ । त्यसैले प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभादेखि मेयरसम्ममात्रै हो, खाली हुनासाथ अर्को निर्वाचनको प्रक्रिया शुरु गरिने । त्यसबाहेकका पद रिक्त हुँदा न सरकारलाई, न त निर्वाचन आयोगलाई नै…

Page 139 of 197