अब डा. रुइतकै भर
आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई हालै विदेशबाट एउटा ठूलो पुरस्कार प्राप्त भएको रहेछ । उहाँलाई धेरै धेरै बधाई । उहाँजस्ता विशेषज्ञलाई पुरस्कार दिने भनेको विदेशले मात्रै हो । स्वदेशमा त उही हो ।
यही मेसोमा डा. रुइतलाई एउटा अनुरोध गर्ने इच्छा भइरहेको छ । उहाँ नेपालका गाउँ गाउँमा जानुहुन्छ, आँखाको अपरेशन गर्नुहुन्छ । उहाँले अपरेशन गरेपछि जसले केही देखिरहेको छैन उसले सबै कुरा देख्न थाल्छ । जसले धमिलो मात्रै देखिरहेको हुन्छ उसले प्रष्टै देख्ने हुन्छ । जसले आधाउधी मात्रै द…