शंखधर बन्ने लालचका समाजवादी मनहरु
– विराट अनुपम
२०५६ मंसिर ३ गते नेपाल सरकार संखधर साख्वाःलाई राष्ट्रिय विभूति बनायो । नेवाः सभ्यताका एक आइकल शंखधरले नेपाल संवत् चलाएकोमा मात्रै होइन उनले दिनदुःखीलाई ऋणमुक्त बनाएकोमा पनि सम्झना गर्ने गरिन्छ । शताब्दीऔँअगाडि शंखधरले काठमाडाैं उपत्यकामै बसेर ऋणमुक्त सर्वहाराको नेतृत्व गरे । शंखधर युगको शताब्दीऔँपछि नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले लाखौँलाई ऋणमुक्त गरिएको छ । प्रचण्ड सरकारको फागुन ४ गते गरेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति …