न्यायको ढोकामै संकट श्रीमानहरुको
प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने सर्वोच्चमा अहिले पाँच पद रिक्त छ । आगामी एक वर्षमा थप पाँच न्यायाधीशले अवकाश पाउने देखिन्छ । चैत १५ सम्मको रेकर्डअनुसार २८ हजार ८ सय ५२ थान मुद्दाको चाङ लागेको छ । यस आर्थिक वर्षभित्र ३६ हजार मुद्दा दर्ता भए । यस आर्थिक बर्ष चानचुन सात हजार मुद्दा छिनिएको छ ।
पाँच वर्ष नाघेका मुद्दाको संख्या नै चार हजार पाँच सय ३० थान छ । दुई वर्ष पुराना मुद्दाको अवस्था हेर्दा १६ हजार आठ सय ३८थान छ । चाँडो किनारा लगाउनुपर्ने सार्वजनिक सरोकारका …