जंगी अड्डाको कथा र द्वन्द्वपछिका असमान ज्यादति
पृतनालाई कमाण्ड बनाउने नाममा भद्रगोल भएको सैनिक संगठनलाई सच्याउने अभ्यास शुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा आठै पृतनालाई कमाण्डमा लगेर चारजना दुईतारे जर्नेललाई हेडक्वार्टरमा जम्मा पारिएको थियो । अहिले फेरि आठ पृतना कायम भएपछि हेडक्वार्टरमा थुप्रिएको जनशक्ति फिल्डमा गएको छ । पोखराबाट तानिएर राष्ट्रिय सुरक्षा परिषद्मा रहेका जर्नेल विनयविक्रम राणालाई डिफेन्स युनिभर्सिटीको पनि जिम्मा दिइएको छ ।
उपत्यकामा पृतनापतिको जिम्मेवारी सम्हालेका सागर थापालाई कार्यर…