बानियाँले नसकेको बागमतीमा बन्लान् त बहादुर ?
संघीय सरकारमा गठबन्धन फेरबदल भएसँगै त्यसको असर प्रादेशिक सरकारमा देखिन थालेको छ । तर, भागबण्डा र प्याकेजमा ठोस सहमति नहुँदा संसदीय दल नै अन्योलमा पर्ने गरेका छन् ।
चैत ८ गते बागमती प्रदेशमा त्यस्तै भयो । एमाले, एकीकृत समाजवादीसहितका दलको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलले पुनः विश्वासको मत लिने कार्यसूची थियो । केन्द्रीय गठबन्धनमा फेरबदल भएर एमाले बाहिरिने तथा कांग्रेस र समाजवादीसहितका दल भित्रिने निश्चित भएसँगै जमकट्टेलले …