प्रतिनिधिसभा बैठक

संसद बैठक बिहान, अधिवेशन अन्त्य मध्यरातमा

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने, सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेलगायत कार्यसूची छन् । तर, चालु हिउँदे अधिवेशन अन्त्यका लागि क्याबिनेट बैठकले अस्ति शुक्रबार अपरान्ह निर्णय गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरिने उल्लेख छ । …