पीडितको नाममा ठगीधन्दा जारी
पछिल्लो समय ठगीका लागि नयाँ–नयाँ जुक्ति निकाल्न थालिएको छ । काम गर्नभन्दा ठग्न सहज मान्नेहरु समाजमा बढ्दै गएका छन् । कोही मिर्गौला पीडितको नाममा असुलीधन्दा चलाइरहेका छन्, कोही आफैंलाई नक्कली रोगी बनाएर पैसा उठाइरहेका छन् । झुठो परिचयपत्र देखाएर पैसा असुलीरहँदा नियामक निकायले अनुगमन र कारबाहीमा चासो नदेखाएको व्यापक जनगुनासो आइरहेको छ ।
काठमाडौं उपत्यकाभित्र चन्दा उठाउनेहरुको बिगबिगी देखिन्छ । विभिन्न बहानामा पैसा माग्नेहरु पाइलैपिच्छे भेटिन्छन् । मानवताको फाइदा …