शीतल निवास

राष्ट्रपति भेट्न मुख्यमन्त्री शीतल निवासमा

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की राष्ट्रपति कार्यालय, शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताको निम्ति मध्यान्हको समयमा त्यहाँ जानुभएको बताइएको छ । राष्ट्रपति भण्डारीसँग भेटवार्ताको निम्ति मुख्यमन्त्री कार्की दिउँसो साढे १२ बजे शीतल निवास पुगेर सवा १ बजेको समयमा बाहिरिनुभएको हो ।