आइजिपी विदेश उड्नुअघि बालुवाटारमा, फर्केपछि हैदरावादमा
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । उहाँ हिजो साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गर्न जानुभएको थियो ।
रवि लामिछाने पदमुक्त भएपछि अघिल्लो सातादेखि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको छ । सोही क्रममा उहाँहरुबीच हिजो साँझ ८ बजे संक्षिप्त भेटवार्ता भएको हो ।
महानिरीक्षक सिंह भोलि बिहान विदेश यात्रामा जाँदै हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्ट…