एमसीसी खारेज नहुने विप्लवको ठहर
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई नेपालको मातहत ल्याउनेगरी कानून बनाउन सरकारसँग माग गरेका छन् ।
नेपाललाई नवऔपनिवेशिक बनाउने उद्देश्यसहितको एमसीसी परियोजना नेपालको संसदले स्वीकार गरेको दाबी गर्दै उनले अब त्यसलाई सम्पूर्णरुपले नेपाल मातहत ल्याउनेगरी कानून बनाउनुपर्नेमा जोड दिएका हुन् । आज काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा विप्लवले एमसीसीको परिचालन, अनुगमन र नियन्त्रण…