दुर्घटना

रुकुमबाट जाजरकोट जाँदै गरेको ट्याक्टर पल्टियो, दुई जनाको निधन

रुकुम ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।  आज दिउँसो भएको दुर्घटनामा आठबिसकोट नगरपालिका–१४ पिपलचौरका २२ वर्षीय विकाश खड्का र १८ वर्षीय हरि आचार्यले ज्यान गुमाएका हुन् ।  सोही नगरपालिका–१४, छेपारेस्थित आठबिसकोटबाट जाजरकोटतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट डेढ सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन् । उनीहरुको हाल चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरह…

Page 1 of 82