दूध ओसार्ने भ्यान नदीमा, चालक बेपत्ता
दूध ओसार्ने भ्यान सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । आज बिहान करिब सिन्धुपाल्चोकको खाडीचौर नजिकै सडकबाट बा.१२ च ६५९४ नम्बरको डेलिभरी भ्यान सुनकोशी नदीमा खसेको हो ।
पनौती नगरपालिका–१० पस्थलीका नवराज खुलाल चालक रहेको उक्त दुर्घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । चौतारा साँगाचोकगढी–१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि खाडिचौरतर्फ जाँदै गर्दा भ्यान नदीमा खसेको हो ।