कारसँग ठोक्किँदा बस पल्टेर यात्रुको प्राणान्त
चितवनमा कार र बस ठक्कर खाँदा बसमा सवार एकजना यात्रुको ज्यान गएको छ। अपरान्ह करिब पाँच बजेको समयमा रत्ननगर–९ मा पर्ने टिकौली जंगलस्थित राजमार्गमा नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको द्य ब ५००८ नम्बरको कार एकआपसमा ठोक्किँदा बस पल्टिएर दुर्घटना भएको हो। सो दुर्घटनामा चितवनकै रत्ननगर–१० बस्ने ३३ वर्षीया पूजा सुवेदीको देहान्त भएको हो। भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा एक घण्टाभित्रै उनको मृत्यु भएको जनाइए…