कमरेडको रिसमा आमामाथि कुटपिट
नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गए राति रोल्पाको सुनछहरीमा एमाले उम्मेदवारकी आमालाई निर्घात कुटपिट गरेका छन् ।
सुनछहरी गाउँपालिका–५ जैमाकसलामा एमालेबाट वडाध्यक्षका उम्मेदवार तिर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि निर्घात कुटपिट भएको हो ।
माओवादीबाट वडाध्यक्ष उम्मेदवार देवीलाल रोकामगरको निर्देशनमा तानसरी विष्ट र श्याम बिष्ट कुटपिटमा सँलग्न रहेकोे बताइन्छ ।
चुनावको प्रचारप्रसारका क्रममा छिमेकमै आएका बेला राति बाहिर बोलाएर एक्कासी कुटपिट गरेको पीडितको भन…