शेखर कोइरालाको प्रश्न - तीनजना नेता बसेर संसद्को रेकर्डबाट हटाउँदैमा सँधै अनियमितता ढाकछोप हुन्छ र ?
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको भनिएको अनियमितताका सम्बन्धमा संसदमा उठेका प्रश्न रेकर्डबाट हटाउने शीर्ष नेताहरुको सहमतिलाई बिडम्बनापूर्ण भनेका छन् ।
अनियमितता ढाकछोप गर्न संसदीय गरिमालाई कुल्चेर संसदको रेकर्डबाट हटाउने काम भएको भन्दै उनले चर्को असन्तुष्टी जनाए । संसद्को रेकर्डबाट हटाउँदैमा जनतामा उठेको प्रश्न नहट्ने उनको भनाई छ ।
'कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उ…