समाचार

​न फुट्नु, न जुट्नु

न फुट्छु भन्दा फुट्ने सुविधा छ, न जुट्छु भन्दा जुट्ने वातावरण नै । नेपालका ६ थरि मधेसी दललाई परिस्थितिले यस्तो मजबुरीमा पारेको हो । राजपाका नाममा एकजुट भएको उक्त पार्टीले सरकारलाई दिएको समर्थन एक हप्ताभित्र फिर्ता लिन्छौँ त भन्यो, तर त्यो समय गुज्रिएको पनि हप्तै नाघिसकेको छ । यसमा पनि उही ‘मजबुरी’ कै कुरा आउँछ । उनीहरूको मागअनुसार संविधान संशोधन किन भएन ? वास्तविकता के हो भने, राजपा फुट्दैन र संविधान संशोधन पनि तत्काल हुँदैन । यसको चुरो कुरा हो, तीन प्रतिश…