घर जान लागेका प्रधानमन्त्रीलाई गीत सुनाउनेकाे लर्काे
प्रतिनिधि सभामा केही दिनयता पुराना गीतको लहर चलेको छ । हिजोको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्रीलाई रामकृष्ण ढकालको गीत सुनाएका थिए । बोल थियो, ‘ओराली लागेको हरिणको चाल भो’ ।
आजकाे बैठकमा फेरि नेकपा (एमाले) का सांसद महेश बर्तौलाले अन्जु पन्तको गीत सुनाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘तिमीले पराई ठानेपछि’ बोलको गीत समर्पण गरेका हुन् ।
‘हाम्रो पार्टीले असार १९ गते…