राष्ट्रपति सोल्टी होटलबाट कीर्तिपुरको बर्न अस्पताल जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुग्दै हुनुहुन्छ । हिजो पोखरामा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति पौडेल त्यहाँ जान लाग्नुभएको बुझिएको छ।
यसअघि उहाँ बिहान ९ बजे पाँचौं अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन २०२५ उद्घाटनका लागि होटल सोल्टी पुग्नुभएको थियो ।
पोखरा भ्रमण वर्ष उद्घाटका क्रममा हट एअर बेलुन पड्केर उहाँहरु घाइते हुनुभएको थियो । हिजै सिम्रिक एयरको हेलिकप्टरद्वारा …