आक्रोशित हुँदै ओलीले भने : गृहमन्त्री बाबु धेरै नचम्किनू
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार असंवैधानिक ढंगले बनेको जिकिर गरे । वर्तमान सरकार कसैले नछानेको हुनाले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो ।
‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरु एउटा खास उ…