श्रीमानहरू के आधारमा यस्तो फैसला गर्छन् ?
काठमाडौँ महानगरपालिका कार्यालयबाट हालै गरिएको सार्वजनिक सूचनाले अन्योल फैलाएको छ । सर्वाेच्च अदालतमा प्रकाशमणि शर्मासमेतले दायर गरेकोे काठमाडौँका नदी र वातारणसम्बन्धी मुद्दाको फैसला कार्यान्वयन गर्न भन्दै उक्त सूचना जारी भएको हो ।
बागमती, धोवी खोला, विष्णुमतीलगायतको संरक्षण, सुरक्षा, फोहोरमैला, वातावरण र भवन निर्माणसँग सम्बन्धित विषयमा केन्द्रित रहेर हालिएको उक्त रिटमा सर्वाेच्चले दिएको ८९ पृष्ठ लामो फैसलामा नदीमा फोहोर हाल्न रोक लगाउने, सार्वजनिक जग्गामाथिका अतिक्रमण रोक्न…