सरकारी बैठकमा पुगेपछि सुधनको पुनः विरोध
‘हामी नेपाल’ नामक गैरसरकारी संस्था (एनजिओ) का संस्थापक सुधन गुरुङ पछिल्ला केही दिनयता सरकारी बैठकहरूमा सक्रिय उपस्थितिका कारण विवादमा छन्। विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठकमा डाटा माग्दै कर्मचारीलाई निर्देशन दिएपछि आलोचनाको सामना गरेका उनी उखु किसान आन्दोलनको बैठकमा समेत देखिएपछि चर्को विरोध भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हिजो उखु किसान र सरकारबीचको वार्तामा सुधनको अनपेक्षित उपस्थितिले कर्मचारीहरू र सरोकारवालाबीच शंका पैदा भएको बताइ…