गृहमन्त्रीको रोहबरमा छुुटे सीके राउत र सामान्य प्रशासनमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा जनमत पार्टीका अध्यक्ष सीके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रहरी हिरासतबाट मुक्त भएका छन् ।
गृहमन्त्री भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लब पुगेर राउतलगायत ५० जनाभन्दा बढीलाई छुटाउनुभएको हो । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धोती दिवस मनाउने नाममा र्यालीसहित निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए ।
प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवी, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र…