हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर
सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति र कतिपय कार्यशैलीका कारण विवाद र चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अर्को विवादमा तानिएका छन् ।
उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि विवादमा परेका हुन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै आएका साम्पाङले अब आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखिएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ।&rsquo…