महिलालाई उचालेर जनप्रतिनिधिद्वारा आफ्नै कार्यालयमा ताला
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले पालिका कार्यालयमा तालाबन्दी गराएका छन् । अध्यक्ष मण्डलको प्रत्यक्ष निर्देशनमा स्थानीय महिलाहरुले कार्यालयमा ताला लगाएको स्थानीयको आरोप छ ।
नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम कर्मचारीले भुक्तानी नदिएको भन्दै स्थानीय महिलाहरुलाई उचालेर अध्यक्ष मण्डलले ताला लगाउन लगाएको बताइएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर मण्डलको निर्देशनमा ताला लगाइएको स्थानीय …