पशु चिकित्सकहरुको बुटवलमा विरोध र्याली
नेपाल भेटेरिनरी एसोसिएसन, लुम्बिनी प्रदेशले बुटवलमा विरोध र्याली निकालेको छ । प्रतिनिधि सभाले अघि बढाएको पशु सेवा परिषद् विधेयकको विरोधमा प्रदर्शन गरिएको हो ।
पशु स्वास्थ्यजस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिने गरी विधेयक पारित गरिएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।आफूले उठाएका विषयलाई नसमेटिकन प्रतिनिधि सभाबाट एकपक्षीय ढंगले विधेयक पारित गरिएको पशु चिकित्सिकहरुको आरोप छ ।
उक्त विधेयक प्रमाणीकरण भएमा पशुपन्छीको शल्यक्रिया, सम्पूर्ण उपचार, प…