जापानी मन्त्रीको भारत हुँदै आगमन
जापानको कानुन मन्त्रालयका सहायक उपमन्त्रीको नेतृत्वमा यौटा प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौं उत्रेको छ । उपमन्त्री नाकागावा सोमुको टोली एअर इण्डियाको उडान नम्बर २१५ बाट आज काठमाडौं आइपुुगेको हो ।
टोलीमा आप्रवास एजेन्सीको नीति योजना महाशाखा प्रमुख पनि रहेको बताइन्छ ।