सेतो जुत्ताको नाममा विनोद चौधरीको कालो धन्दा

सेतो जुत्ताको नाममा विनोद चौधरीको कालो धन्दा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाइ अरुणलाई घरैबाट गिरफ्तार गरेको छ ।  बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गाको स्वामित्व विवादमा अरुण पक्राउ परेका छन्,त्यसको भित्री रहस्य भने विनोद चौधरीतर्फ सोझिएको छ ।

आज पक्राउ परेका कान्छो भाइले  चाँदबाग स्कूलको स्वामित्व सतप्रतिशत दाइ विनोदका नाममा रहेको प्रमाण बुझाएपछि सरकारी जग्गा आफ्नो नाममा राखेका काँग्रेस सांसद तथा विवादास्पद डलर अर्बपति पनि समातिने निश्चित रहेको बताइन्छ । 

स्रोत भन्छ, ‘हेर्दै जानु न, एक दुई दिनमा सबै कुरा देखिन्छ ।’ प्राप्त विवरणअनुसार २०४३ सालमा दाइ चौधरीले कारखानाको उक्त जग्गा आफ्नो नाममा राख्न चलखेल गरेका थिए । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको व्यापारिक साझेदारी र हिमचिमको आडमा कारखानाका हाकिम अजितनारायण सिंह थापालाई प्रयोग गर्दै २०४३ भदौ १० गते विनोदले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा हत्याएका थिए । 

भाइको अलि अलि सेयर रहेको उक्त स्कूल २०७२ सालको भूकम्पअघि नै विनोद चौधरीले आफू,श्रीमती, छोरा निर्वाणलगायत एकाघरको स्वामित्वमा मिलाइसकेको बताइन्छ ।

उक्त कम्पनीले त्यतिबेला वार्षिक १० लाख थान सेतो कपडाको जुत्ता उत्पादन गर्ने भनिएको थियो । बाँसबारी छालाजुत्ता कारखानाले छालाको कालो जुत्ता उत्पादन गर्ने र आफूले नजिकैको जग्गामा च्याम्पियन फुट वेयर कम्पनीको नाममा विद्यार्थी र किरिया पुत्रीका निम्ति एक वर्षसम्म प्रयोग गर्न मिल्ने खाले सेतो जुत्ता बनाउने विनोदको प्रस्तावमा त्यो बेलाका हाकिम अजितले बोर्ड बैठकबाट प्रस्ताव सदर गराएका थिए । 

चौधरीलाई १० रोपनी जग्गा दिएवापत २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता कारखानाको स्वामित्व हुने भनिएको थियो । त्यतिबेला चौधरीका दाजुभाइको अंशबण्डा नै भएको थिएन । यसर्थ सबै काम सगोलमा जेठा दाजुबाट फत्ये भयो ।

कालान्तरमा जुत्ता कम्पनी बन्द भयो । त्यो ठाउँमा सिजी रेजिडेन्सी बनाउने भनियो । त्यतिबेलासम्म त्यो कम्पनीमा जेठा विनोद र कान्छा अरुणको सेयर थियो भने माइला बसन्त त्यसअघि नै छुट्टिभिन्न भइसकेका थिए । उक्त स्थानमा विनोद अध्यक्ष रहेको चौधरी ग्रुपले चाँदबाग स्कूल सञ्चालनमा ल्याएको धेरै भइसकेको छ । पहिले भाइको अलि अलि सेयर रहेको उक्त स्कूल २०७२ सालको भूकम्पअघि नै विनोद चौधरीले आफू,श्रीमती, छोरा निर्वाणलगायत एकाघरको स्वामित्वमा मिलाइसकेको बताइन्छ ।

आजै सिआइबीले कारखानाको त्यो बेलाका हाकिम अजितनारायणलाई समेत नियन्त्रणमा लिएको छ । अरुणले आफू सिध्दिएर दाइको इज्जत राखिदिए एउटा कुरा,सत्य बोल्न तयार भए भने बिनोदलाई शेरबहादुर,आरजू र प्रचण्डले पनि बचाउने अवस्था छैन भनिँदैछ ।

यो पनि..

१. दाइ अर्को ललिता निवास काण्ड मच्चाउने,भाइ समातिने

२.विनोद चौधरीले यसरी हत्याएका थिए १० रोपनी सरकारी जमिन  

३.ललिता निवासभन्दा ठूलो अपराधमा विनोद चौधरी सँलग्न

टिप्पणीहरू