चौधरीको चलाखी,कागजमा भाइलाई-भोगचलन सबै आफैंलाई

चौधरीको चलाखी,कागजमा भाइलाई-भोगचलन सबै आफैंलाई

विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीको खेलोफड्कोको शिकार आज आफ्नै कान्छा भाइ अरुण चौधरी बनेका छन् । आजको घटनाले डलर अर्बपतिको डंका पिटाए पनि पैसोको निम्ति जस्तोसुकै हर्कत गर्न तम्सिने सिजी ग्रुपका अध्यक्ष विनोदको रहस्यमय खेलको पर्दाफास भएको छ ।

तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी स्वामित्व ग्रहण गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज दिउँसो अरुणलाई उनकै निवास लाजिम्पाटबाट नियन्त्रणमा लिएको छ । तर,उनको नाममा रहेको भनिएको उक्त जग्गामा सञ्चालित चाँदबाग स्कूल स्वयम् विनोद चौधरी र उनका जेठा छोरा निर्वाणको खटनपटनमा चल्ने गरेको बताइन्छ । 

स्कूल स्रोतका अनुसार चाँदबाग सिजी एजुकेशनको मातहतमा सञ्चालित विद्यालय हो । जबकि सिजी एजुकेशन सिजी ग्रुप मातहतको एउटा कम्पनी मात्रै हो । भलै विद्यालय सञ्चालनको निम्ति गठित व्यवस्थापन समितिमा चौधरी र सिजी ग्रुपको तर्फबाट कोही पनि प्रत्यक्ष रुपमा सहभागी भएको देखाइएको छैन ।

‘भोगचलन सबै आफैँ गर्ने,स्कूलको आम्दानी पनि कुम्ल्याउने अनि कागजी रुपमा एउटै आमाको कोखबाट जन्मिएको भाइलाई सिध्याउने उनको खेल घृणित छ ।’

दामोदर लामिछानेको अध्यक्षतामा गठित समितिमा काठमाडौं महानगरपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । हालका वडाध्यक्ष प्रेम थापा हुन् । स्कूल सुपरिन्टेण्डेण्ट तारापति खरेल,रिसोर्स पर्सन खगराज जोशी,शिक्षक प्रतिनिधि शैलजा शाह, अभिभावक प्रतिनिधि संगीता प्रधान र प्रधानाध्यापक चन्द्रयान प्रसाद श्रेष्ठ सदस्य छन् । वार्ड अध्यक्ष र अभिभावक प्रतिनिधिबाहेक अरु सबै सिजीको खटनपटनमा कार्यरत हुने प्रष्ट छ । 

शिक्षक तथा कर्मचारीहरु भन्छन्, ‘भूईंचालोपछि चौधरी ग्रुपको तर्फबाट स्कूलमा विनोद र निर्वाण चौधरीको निगरानी र निर्देशन चल्दै आएको छ । त्यसअघि कहिलेकाँही देखिने अरुण त्यसपछि ठप्प जस्तै छन् । त्यो बाहेक अरु कुरो थाहा भएन ।’ यता विनोदका भाइहरुले विद्यालयको स्वामित्व पहिल्यै छाडेको बताउँदै आएका छन् । तर, खटनपटन र आम्दानीको हिस्सा एक्लौटी सिजी ग्रुप र उसका मालिकको भए पनि कागजमा जग्गाको स्वामित्व अरुणकै राखिदिएका कारण विनोदले उम्कने मौकाको निम्ति सँधै बाटो खुल्ला राखेको भन्नेहरु पनि भेटिएका छन् । 

उक्त जग्गामा विनोद, उनका छोरा निर्वाण र सिजी ग्रुपको हालिमुहालीबारे थप अनुसन्धान गर्नुपर्ने नयाँ अवस्था सिर्जना भएकोतर्फ सिआइबीले पनि चासो राखेको बुझिएको छ । त्यसका लागि विनोद चौधरी वा उनको सिजी ग्रुपले लाने स्कूलको आम्दानीको हिस्सा केलाउनुपर्ने देखिन्छ भने विद्यालयमा पछिल्लो एक दशकदेखि भएको व्यवस्थापन निर्देशनमा कसको संलग्नता थियो भन्नेबारे त्यहाँका शिक्षक र कर्मचारीहरुसँग समेत बयान लिनुपर्ने स्थिति उत्पन्न भएको छ । 

स्रोत भन्छ, ‘भोगचलन सबै आफैँ गर्ने,स्कूलको आम्दानी पनि कुम्ल्याउने अनि कागजी रुपमा एउटै आमाको कोखबाट जन्मिएको भाइलाई सिध्याउने उनको खेल घृणित छ ।’ 

विनोद चौधरी अध्यक्ष रहेको सिजी ग्रुपको वेवसाइटअनुसार उनको सिजी एजुकेशन मातहत धेरै वटा स्कूल र कलेज सञ्चालित छन् । जसअनुसार एउटा बाँसबारीको चाँदबाग स्कूल पनि हो । अन्यमा बाँसबारी,लगनखेल र वीरगञ्जस्थित निनोज प्रिस्कूल,दिल्ली पब्लिक स्कूल,सनराइज स्कूल, क्याम्पियन स्कूल, क्याम्पेन एकेडेमी र क्याम्पेन काठमाडौं सेकेण्डरी स्कूल छन् ।

यो पनि..

१. दाइ अर्को ललिता निवास काण्ड मच्चाउने,भाइ समातिने

२.विनोद चौधरीले यसरी हत्याएका थिए १० रोपनी सरकारी जमिन  

३.ललिता निवासभन्दा ठूलो अपराधमा विनोद चौधरी सँलग्न

४.सेतो जुत्ताको नाममा विनोद चौधरीको कालो धन्दा

टिप्पणीहरू