३३ वर्षमा पक्राउ २४ घण्टामै रिहा
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसीउर्फ डिबी एक दिनमै रिहा भएका छन् । उनी कैदको सट्टा भनेजति रकम तिरेर रिहा भएका हुन् । फौजदारी अपराधसंहिता, २०७४ को दफा १५५ मा एक वर्ष कैद सजाय पाएका व्यक्तिले तोकिएको रकम जम्मा गरेमा जेल सजाय भोग्नुनपर्ने प्रावधान छ ।
सोहीबमोजिम उनी एक लाख नौ हजार दुई सय रुपैयाँ तिरेर आज रिहा भएको रुकुमकोट जिल्ला अदालतका स्रेस्तेदार ईश्वरीप्रसाद सुवेदीले बताए । उनका अनुसार न्यायाधीश लोकबहादुर हमालको एकल इजलासले डिबीलाई रकम लिएर रिहाईको आदेश दिएका हुन् ।
श्रीमती राधा केसीसँगको सम्बन्ध विच्छेद मुद्दामा अदालतको छाप र पत्र नक्कली बनाएको भन्दै २०४६ सालमा दर्ता भएको मुद्दामा डिबी दोषी ठहर भएका थिए । अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएपनि उनी कैदन भुक्तान नै नगरी रुकुम पूर्वबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन् ।
उनलाई प्रहरीले काठमाडौँबाट समातेर हिजो रुकुमकोट अदालत पुर्याएपनि सुरक्षा अधिकारीहरुले भने आत्मसमर्पण गरेको बताएका थिए । आज रिहा भएपछि उनी हेलिकोप्टरमा पश्चिम रुकुमबाट रुकुम पूर्व पुगेर त्यताबाट सुर्खेत हुँदै काठमाडौं फर्केको बुझिएको छ ।
यो पनि...
1. सांसद जेलमा,‘रात रहे अग्राख पलाउने’ खेलमा
टिप्पणीहरू