सहकारी ठगी

सहकारी ठगीको भयानक संसार

सहकारी समस्या समाधानका लागि संसदद्वारा गठित कार्यदलले अध्ययन गरेको प्रतिवेदनपछि देशैभर सहकारीमा खास समस्या सिर्जना गर्नेहरूको पहिचान भएको छ । प्रतिवेदनले मुख्य रूपमा दोषी देखाएकाहरू पक्राउ पर्ने क्रम तीब्र छ भने फरार रहेकाहरूलाई पनि खोजी गरिंदैछ । उता सेटिङमा सहकारीलाई ऋण लगानी गर्नेहरूको पनि खोजी हुन थालेको छ । विभिन्न राजनीतिक पार्टीहरूको प्रभावशाली पद र भूमिकामा रहेर सहकारीमा जम्मा भएको बचत मात्र नभै विभिन्न सहकारी संघ, सहकारी बैंकबाट प्राप्त बाह्य ऋणसमेत निजी सम्पत्त…