चित्रलेखा यादव

चित्रलेखालाई यसरी पन्छाइयो मूलधारको राजनीतिबाट

नेपाली कांग्रेसको कोषाध्यक्षमा धनाढ्य व्यापारी उमेश श्रेष्ठले बाजी मार्नु र चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाइनुमा के सम्बन्ध होला ? चित्रलेखालाई देख्नेबित्तिक्कै सभापति शेरबहादुर देउवाले 'तिमीलाई कोषाध्यक्ष बनाउँछु' भनेको सुन्ने कांग्रेसीहरू आपसमा यस्तो प्रश्न गर्न थालेका छन् ।  यादवले डेढ वर्षअघि नै जनआस्थासँगको कुराकानीमा 'शेरबहादुर दाइले' कोषाध्यक्ष दिने बाचा गरेको सुनाएकी थिइन् । केन्द्रीय सदस्य रमेश रिजाललाई समेत साक्षी राखेर गरिएको उक्त बाचा…