पोखरामा ‘तीज सांस्कृतिक महोत्सव’ धुमधामले मनाइयो
हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा पोखरामा तीनदिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले आयोजना गरेको ‘तीज सांस्कृतिक महोत्सव’ भव्य रुपमा हिजो सम्पन्न भएको हो ।
गण्डकी प्रदेशमै पहिलोपटक आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलनलगायतका कार्यक्रम समेटिएको थियो । भदौ २५ गतेदेखि लेकसाइडको कोमागाने पार्कमा भएको महोत्सवमा प्रदेशका ११ वटै जिल्लाका महिला …