समाचार

कसले दियो यो अधिकार ?

कानुनले व्यवस्था गरेबमोजिमबाहेक व्यक्तिको गोपनीयताको हक राज्यले हनन गर्न पाउँदैन । संविधानको भाग ३ अन्तर्गत मौलिक हक र कर्तव्यसम्बन्धी धारा २८ मा उल्लेख छ– कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखित तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिमबाहेक अनतिक्रम्य हुनेछ । लागुऔषधसम्बन्धी मुद्दाबाहेक अरू कुनै कुरामा कसैको टेलिफोन ट्यापिङ गर्न पाइन्न । जबकि अख्तियार, प्रहरीको अपराध अनुसन्धान विभाग र सिआइबीले नेपाल दूरसञ्चार र एनसेललाई इमेल पठाएको भरमा टार्गेटे…