गुम्यो गुम्यो मौका गुम्यो
कल्पना गरौं त गोवाको ब्रिक्स बैठकमा भाग लिन हिँडेका चिनियाँ राष्ट्रपतिले आउँदा वा जाँदामध्ये १ दिन बीच बाटो पारेर नेपालमा बिताएको भए के फरक पथ्र्यो होला ? काठमाडौंबाट उत्तिकै दूरीमा अवस्थित दिल्ली र ढाकाबीच अरु कुरामा नभए पनि सौहाद्र्र सम्बन्धको हिसावले स्थिति अलिक फरक छ । सि जिनपिङले बंगलादेश झरेर नेपाललाई चटक्कै छाडी भारततिर लाग्नुअघि शेख हसिना वाजेदको मुलुकमा २५ अर्ब डलर लगानीको घोषणा गरेका रहेछन् । नेपालमा पनि सहयोगको केही घोषणा हुन्थ्यो होला तर अहिले भए–गर…